अदालत

एआईजी पोखरेलको रिटमाथि आज पनि सुनुवाइ हुँदै

इकागज |
बैशाख २२, २०७९ बिहीबार ९:१७ बजे

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । बुधवारको सुनुवाइ नसकिएपछि बिहीवार सुनुवाइ हुन लागेको हो । 

एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धिरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश सुस्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।



Author

थप समाचार
x