कोभिड-१९

एकै दिन थपिए १ सय १३ जना कोभिड-१९ संक्रमित

इकागज |
असार २२, २०७९ बुधबार १७:२९ बजे

काठमाडौँ- नेपालमा आज एकै दिन थप १ सय १३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ५ सय ४९ पिसिआर परीक्षणका क्रममा ९० जना र १ हजार १ सय ७५ एन्टिजेन परीक्षणका क्रममा २३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ७५ जना निको भएका छन् । हाल नेपालमा ४ सय ७१ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x