कोभिड-१९

थप ७८ जनामा कोभिड संक्रमण

इकागज |
असार २३, २०७९ बिहीबार १५:४८ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८४ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार १ सय ३१ एन्टिजेन परिक्षणका क्रममा १८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 

कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ९८ जना निको भएका छन् । 


हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x