कोभिड-१९

थप ९८ जनामा कोभिड-१९ संक्रमण

इकागज |
असार २४, २०७९ शुक्रबार १६:३२ बजे

काठमाडौँ- नेपालमा थप ९८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६१ पिसिआर परीक्षणका क्रममा ८३ जना र १ हजार ९३ एन्टिजेन परीक्षणका क्रममा १५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x