कोभिड-१९

थप १ सय २ जनामा कोभिड संक्रमण

इकागज |
असार २५, २०७९ शनिबार १६:५८ बजे

काठमाडौँ- नेपालमा थप १ सय २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ७२ जना र १ हजार ७६ एन्टिजेन परीक्षणका क्रममा ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।


त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x