कोभिड-१९

भारतमा एकैदिन १६ हजार ६७८ कोभिड-१९  सङ्क्रमित

इकागज |
असार २७, २०७९ सोमबार १७:१४ बजे

नयाँदिल्ली । भारतमा एकै दिन समयावधिमा भारतमा १६ हजार ६७८ कोभिड-१९ का सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि ११ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।    
    
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार ६२९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ८३ हजार भन्दा बढी पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।    
    
चौविस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा २६ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ ।    
    
चौविस घण्टाको सो अवधिमा दुई लाख ७८ हजार २६६ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ८८ लाख ७७ हजार ८६३ डोज खोप लगाइएको छ ।    



Author

थप समाचार
x