कोभिड-१९

कोभिड संक्रमित बढ्दै, थप १६८ जनामा संक्रमण

इकागज |
असार २७, २०७९ सोमबार १७:१७ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १ सय ६८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ८ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टिजेन परिक्षणका क्रममा ३९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 


कोभिडका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ३७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन् । 

हाल नेपालमा ७ सय ७० सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x