कोभिड-१९

उकालाे लाग्दै काेभिड संक्रमण : आज थपिए १७७ जना संक्रमित

इकागज |
असार २८, २०७९ मंगलबार १५:३९ बजे

काठमाडौँ- देशभर १७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ७६५ रहेकाे छ ।


त्यस्तै कोभिड संक्रमणका कारण हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

आज मात्र ६४ हजार ९०७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितकाे संख्या ८७३ पुगेका छ ।


Author

थप समाचार
x