कोभिड-१९

उकालो लाग्दै कोभिडका बिरामी,  थप २ सय ६ जनामा संक्रमण

इकागज |
असार २९, २०७९ बुधबार १७:६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप २ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र १ हजार ९३ एन्टिजेन परिक्षणका क्रममा २९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 

कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय १० जना निको भएका छन् ।


हाल नेपालमा १ हजार ५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x