कोभिड-१९

देशभर कोभिडको ग्राफ बढ्दै, एकै दिनमा देखिए २६० संक्रमित

इकागज |
असार ३०, २०७९ बिहीबार १६:६ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर २६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ८४४ जनाको कोभिड परीक्षण गरिएको छ ।

२४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६७ हजार ८५८ जना संक्रमणमुक्त भइसकेका छन् ।


आज मात्र ७२ हजार ३२० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हालसम्म कोभिडका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

त्यस्तै सक्रिय संक्रमित १ हजार १७१ जना पुगेका छन् । 

बुधबार देशभर २०६ जनालाई संक्रमण पुष्टि भएको थियो ।


Author

थप समाचार
x