कोभिड-१९

थप २ सय २९ जनामा कोभिड संक्रमण

इकागज |
असार ३१, २०७९ शुक्रबार १६:३९ बजे

काठमाडौँ- नेपालमा थप २ सय २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टिजेन परीक्षणका क्रममा ६८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x