कोभिड-१९

थप २ सय ५ जनामा कोभिड संक्रमण

इकागज |
असार ३२, २०७९ शनिबार १६:२३ बजे

काठमाडौँ- नेपालमा थप २ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टिजेन परीक्षणका क्रममा ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x