कोभिड-१९

लुम्बिनी सांस्कृतिक नगर कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित

इकागज |
असार ३२, २०७९ शनिबार २१:३१ बजे

फाइल तस्बिर

लुम्बिनी- लुम्बिनी  सांस्कृतिक नगरपालिकाले  कोरोनाविरुद्धको खोपको लक्ष्य पूरा गरेकाले खोपको सुनिश्चितता तथा नियमित खोपको दीगोपना सुनिश्चित नगर घोषणा गरिएको छ ।

विश्वमा महामारीका रूपमा कोरोना भाइरस फैलिएको र यसलाई नियन्त्रण खोपले मात्र गर्न सक्ने भएकाले पूर्णखोप नगर सुनिश्चितता घोषणा गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरमा १२ वर्ष उमेर समूहदेखि माथिका नागरिकलाई कोरोनाको पूर्णखोप प्रदान गरी नागरिकको स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको नगरप्रमुख सजरुद्दिन मुसलमानले बताए ।
 
खोप अभियानमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगर उपप्रमुख कल्पना हरिजनले नगरको स्वास्थ्य क्षेत्रको विकासमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए । महामारी फेरि आउन सक्ने भएकाले यसमा सबै सजग हुनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।


लुम्बिनीमा कोरोनाविरुद्धको पूर्णखोपको सुनिश्चिताले पर्यटक तथा बौद्ध धर्मालम्बीका लागि सुरक्षित देखिएको छ ।


Author

थप समाचार
x