कोभिड-१९

पछिल्लो चौबिस घण्टामा थपिए काेभिडका १३५ जना नयाँ संक्रमित

इकागज |
साउन १, २०७९ आइतबार १६:४० बजे

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर काेभिड-१९ को १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो । 


बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टिजेन विधिबाट काेभिड परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् । 

हाल देशमा सक्रिय काेभिड-१९ संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा काेभिड संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । काेभिड-१९ संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ । 


Author

थप समाचार
x