कोभिड-१९

कोभिड संक्रमणलाई नियन्त्रण गर्न सरकार सक्षम छ : स्वास्थ्यमन्त्री

इकागज |
साउन १, २०७९ आइतबार १७:५ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् ।

कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गइरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थानले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कोभिडविरुद्धको खोप लगाउन छुटेकाहरूलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गरे । त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमणबाट बच्‍न पनि सबैलाई आह्वान गरे ।


मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटक-पटक दोहोर्‍याए । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाउनु परेको छ ।


Author

थप समाचार
x