कोभिड-१९

भारतमा एकै दिन २० हजार बढीलाई कोभिड सङ्क्रमित

इकागज |
साउन २, २०७९ सोमबार ८:८ बजे

सांकेतिक तस्बिर

नयाँदिल्ली- भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन् । 


पछिल्लो एक दिनमा १७ हजार चार सय ४७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ८१ हजार चार सय ४१ पुगेको छ । 

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार सात सय नौ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । 
    
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड ९८ लाख ८९ हजार ९७ मात्रा खोप लगाइएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x