कोभिड-१९

आज देशभर थपिए ४५७ संक्रमित, १ को मृत्यु

इकागज |
साउन २, २०७९ सोमबार १६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- सोमबार कोभिड-१९ को कारण एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जनाको मृत्यु भएको हो ।

देशभरमा हालसम्म ११ हजार ९५४ जनाको कोभिड संक्रमणबाट मृत्यु भइसकेको छ ।


२४ घण्टामा देशभर ४ हजार ६५१ जनाको कोभिड  परीक्षण गर्दा ४५७ जनामा कोभिड पुष्टि भएको हो ।

त्यसैगरी,  ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६८ हजार ६४ जना संक्रमणमुक्त भइसकेका छन् ।

देशभर सक्रिय संक्रमित १ हजार ७७६ जना छन्  ।


Author

थप समाचार
x