कोभिड-१९

काठमाडौँमा आजदेखि कोभिडविरुद्ध बुस्टर डोज खोप दिइँदै

इकागज |
साउन ३, २०७९ मंगलबार ८:४ बजे

फाइल तस्बिर

काठमाडौँ- आजदेखि १८ वर्षमाथि उमेर समूहका व्यक्तिलाई काठमाडौँमा कोभिड–१९ विरुद्धको खोपको बुस्टर डोज दिइँदैछ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिडविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म बुस्टर डोज दिइने भएको हो ।


बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ। पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

दोस्रो डोज खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।


Author

थप समाचार
x