कोभिड-१९

थप ३ सय ९१ जनामा कोभिड संक्रमण

इकागज |
साउन ४, २०७९ बुधबार १७:४ बजे

काठमाडौँ- नेपालमा थप ३ सय ९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टिजेन परीक्षणका क्रममा ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण बुधबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।


त्यस्तै थप ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइसाेलेसनमा रहेका छन् । 


Author

थप समाचार
x