कोभिड-१९

भारतमा एकैदिन थपिए १७ हजार बढी कोभिड संक्रमित

इकागज |
साउन ६, २०७९ शुक्रबार ७:३८ बजे

काठमाडौँ- छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोभिडका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोभिड संक्रमण बढ्दै गएको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोभिड नयाँ संक्रमित थपिएका छन् । 


भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोभिड भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । 


Author

थप समाचार
x