कोभिड-१९

नेपालमा थप ३३५ मा कोभिड–१९ पुष्टि

इकागज |
साउन ७, २०७९ शनिबार १६:४० बजे

काठमाडौं– नेपालमा थप ३ सय ३५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८८ पिसिआर परीक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x