कोभिड-१९

भारतमा फेरि बढ्‍न थाल्यो कोभिड

इकागज |
साउन ८, २०७९ आइतबार ८:४९ बजे

नयाँ दिल्ली- भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ । 


केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ । एजेन्सी


Author

थप समाचार
x