कोभिड-१९

कोभिडले २ जनाको मृत्यु, थपिए ३ सय ४७ संक्रमित

इकागज |
साउन ८, २०७९ आइतबार १६:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड संक्रमणका २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ११ हजार ९५६ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

आइतबार ३ हजार ८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा कोभिड पुष्टि भएको हो । त्यस्तै ९५ जना संक्रमणमुक्त भएका छन् ।


देशभर सक्रिय संक्रमित ३ हजार १७७ जना छन् । आज मात्र ७८ हजार २२८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x