कोभिड-१९

एकैदिन ५ सय ६८ जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
साउन ९, २०७९ सोमबार १६:५५ बजे

काठमाडौँ- नेपालमा एकैदिन ५ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ८४ पिसिआर परीक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टिजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन् ।


त्यस्तै थप ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ५ सय ८४ जना कोभिड मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ३४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x