कोभिड-१९

थप ६ सय ३८ जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

इकागज |
साउन १०, २०७९ मंगलबार १६:७ बजे

काठमाडौँ- नेपालमा थप ६ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय १५ पिसिआर परीक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टिजेन परीक्षणका क्रममा २ सय ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।


त्यस्तै थप २ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख  ६८ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ७ सय १४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x