कोभिड-१९

देशभर ७१० संक्रमित थपिए, २ को मृत्यु

इकागज |
साउन १२, २०७९ बिहीबार १६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ-  देशभर बिहीबार ७ सय १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २५ जनाको परीक्षण गरिएको थियो ।

२४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ६९ हजार २१९ जना संक्रमणमुक्त भइसकेका छन् ।


आज २ जनाको संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म ११ हजार ९६२ संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ४ हजार २३६ जना छन् । आज मात्र ५९ हजार ४७१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x