कोभिड-१९

थप २ सय ६३ जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

इकागज |
साउन २८, २०७९ शनिबार १५:५७ बजे

काठमाडौँ- नेपालमा थप २ सय ६३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टिजेन परीक्षणका क्रममा १ सय १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । त्यस्तै कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।


त्यस्तै थप ५ सय १ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ३ सय ७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ३४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 


Author

थप समाचार
x