कोभिड-१९

२९९ जना कोभिडका नयाँ बिरामी, थप दुईकाे मृत्यु

इकागज |
भदौ ४, २०७९ शनिबार १६:२२ बजे

काठमाडाैं । नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परीक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 
 



Author

थप समाचार
x