कोभिड-१९

सर्लाहीका सबै  स्थानीय तहमा आजबाट फाइजर खोप

इकागज |
भदौ ७, २०७९ मंगलबार १४:४० बजे

फाइल फोटो

सर्लाही - सर्लाहीका सबै  स्थानीय तहमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने  जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय तहमा सोमबार नै खोप पुर्‍याइएको र मलङ्गवामा मंगलबार नै खोप पुर्‍याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । 


उनका अनुसार जिल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ । बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरुले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ । 

खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो । ५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ । 


Author

थप समाचार
x