कोभिड-१९

थप ६ सय ३४ जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
भदौ ७, २०७९ मंगलबार १६:११ बजे

काठमाडौँ- नेपालमा थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टिजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ४ सय १७ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x