कोभिड-१९

नेपालमा थप ४८७ मा कोभिड

इकागज |
भदौ ८, २०७९ बुधबार १७:५ बजे

काठमाडौं–नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टिजेन परीक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६४ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x