कोभिड-१९

थप ३२४ जनामा काेभिड संक्रमण, एककाे मृत्यु

इकागज |
भदौ १०, २०७९ शुक्रबार १६:२९ बजे

काठमाडौँ- नेपालमा थप ३ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ७६ पिसिआर परीक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टिजेन परीक्षणका क्रममा १ सय ६१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको छ ।


त्यस्तै थप ४ सय १८ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x