कोभिड-१९

१ सय ७३ संक्रमित थपिँदा ३ सय ९६ जना डिस्चार्ज

इकागज |
भदौ ११, २०७९ शनिबार १६:४० बजे

काठमाडौँ- नेपालमा थप १ सय ७३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ६५ जना र २ हजार १ सय ९६ एन्टिजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोभिडका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ३ सय ९६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन् । हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x