कोभिड-१९

थप २ सय २६ जनामा संक्रमण

इकागज |
भदौ १३, २०७९ सोमबार १७:१८ बजे

काठमाडौँ- नेपालमा थप २ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टिजेन परीक्षणका क्रममा ८१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ७ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ३ हजार २ सय ३५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x