कोभिड-१९

थप २५७ मा कोभिड–१९ पुष्टि

इकागज |
भदौ १४, २०७९ मंगलबार १७:१६ बजे

काठमाडौं– नेपालमा थप २ सय ५७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ४ सय ५८ पिसीआर परीक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।


त्यस्तै थप २ सय ३२ संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ । 
 


Author

थप समाचार
x