कोभिड-१९

थप २७१ मा कोभिड पुष्टि

इकागज |
भदौ १५, २०७९ बुधबार १७:२४ बजे

काठमाडौं– नेपालमा थप २ सय ७१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोेलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x