कोभिड-१९

२ सय ६९ जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
भदौ १६, २०७९ बिहीबार १७:७ बजे

काठमाडौँ- नेपालमा थप २ सय ६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परीक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टिजेन परीक्षणका क्रममा ८९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् ।


हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x