कोभिड-१९

थप ६३ जनामा कोभिड पुष्टि, १ सय ३१ संक्रमणमुक्त

इकागज |
असोज १, २०७९ शनिबार १७:२८ बजे

काठमाडौँ- नेपालमा थप ६३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परीक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टिजेन परीक्षणका क्रममा २८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय ३१ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x