कोभिड-१९

थप ९१ जनामा कोभिड संक्रमण

इकागज |
असोज ३, २०७९ सोमबार १८:७ बजे

काठमाडौँ- नेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ८८ पिसिआर परीक्षणका क्रममा ७५ जना १ हजार ४ सय ३६ एन्टिजेन परीक्षणका क्रममा १६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय ६५ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x