कोभिड-१९

पछिल्लो चौबिस घण्टामा थपिए ७४ जना कोभिड संक्रमित

इकागज |
असोज ४, २०७९ मंगलबार १६:१५ बजे

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । 


सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टिजेन विधिबाट १ हजार ९७७ जनाको कोभिड परीक्षण गरिएको थियो । 

बितेको चौबिस घण्टामा १६० जना कोभिड संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

हाल देशमा सक्रिय कोभिड संक्रमितको संख्या १ हजार ६१९ रहेको छ । 


Author

थप समाचार
x