कोभिड-१९

थप ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
असोज २६, २०७९ बुधबार १६:४१ बजे

काठमाडाै‌ं । नेपालमा बुधबार थप ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ७ सय ४३ पिसिआर परीक्षणका क्रममा ४५ जना र ९ सय ८० एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप २२ संक्रमित निको भएका छन् ।


हाल नेपालमा ५ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


 


Author

थप समाचार
x