कोभिड-१९

थप १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि

इकागज |
कात्तिक ११, २०७९ शुक्रबार १६:१७ बजे

काठमाडौं– नेपालमा थप १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ सय ४८ पिसिआर परीक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप २९ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x