कोभिड-१९

थप २० जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १३, २०७९ आइतबार १५:५६ बजे

काठमाडौँ- नेपालमा थप २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ सय २९ पिसिआर परीक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x