कोभिड-१९

थप ५९ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १६, २०७९ बुधबार १७:७ बजे

काठमाडौँ- नेपालमा थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय २ पिसिआर परीक्षणका क्रममा ४६ जना र २ हजार ४० एन्टीजेन परीक्षणका क्रममा १३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २१ संक्रमित कोभिडमुक्त भएका छन् ।


हाल नेपालमा ५ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x