कोभिड-१९

थप १६ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १९, २०७९ शनिबार १६:२५ बजे

काठमाडौँ- नेपालमा थप १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४ सय ४९ पिसिआर परीक्षणका क्रममा १० जना र ८ सय २७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


कोभिडका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित काेभिडमुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x