कोभिड-१९

एकैदिन ७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि

इकागज |
चैत २०, २०७९ सोमबार १६:३८ बजे

काठमाडौं– नेपालमा थप ७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ सय ४५ पिसीआर परीक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पिसीआर परीक्षणका संक्रमण पुष्टि भएका २ सय २७ संक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x