कोभिड-१९

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणको पुष्टि

इकागज |
चैत २१, २०७९ मंगलबार ११:५५ बजे

काठमाडौँ- नेपालमा कोभिड-१९ को ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा ९ जनामा नयाँ भेरियन्ट देखापरेको छ । 


नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ ।


Author

थप समाचार
x