कोभिड-१९

पछिल्लो २४ घण्टामा ८० जना कोभिड संक्रमित थपिए

इकागज |
चैत २१, २०७९ मंगलबार १९:१७ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ४ सय ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् ।


पछिल्लो २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।


Author

थप समाचार
x