कोभिड-१९

भारतबाट आउने नेपालीहरूमा कोभिड संक्रमण बढ्यो

इकागज |
चैत २१, २०७९ मंगलबार १९:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतमा रोजगारी गरी नेपाल फर्कने नेपालीहरूलाई कोभिड-१९ को संक्रमण देखिन थालेको छ ।

भारतबाट आउने नेपालीहरूमा कोभिड संक्रमण देखिन थालेपछि परीक्षणमा कडाइ गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई संक्रमण देखिएको हो ।


नेपाल फर्कनेहरूमा कोभिड संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिइन् । उनले नेपाल फर्कने नेपालीहरूको दैनिक परीक्षणमा कोभिड संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताइन् । उनले जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको जानकारी दिइन् ।

साहीले चैत महिनामा मात्रै ३० जनामा कोभिड पोजेटिभ देखिएको बताइन् ।

कोभिडको पोजेटिभ देखिएकाहरूमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताइन् ।


Author

थप समाचार
x