कोभिड-१९

सुदूरपश्चिममा कोभिड-१९ संक्रमण बढ्दै

इकागज |
चैत २१, २०७९ मंगलबार २०:५६ बजे

फाइल तस्बिर

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ जनामा कोभिड संक्रमण पुष्टी भएको छ ।

मंगलबार ६९४ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट ६७७ नमुनाको परीक्षण गर्दा १० र पीसीआर विधिबाट १७ नमुनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।


प्रदेशमा सोमबार ४ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय सिमानाबाट भित्रिनेहरूमा कोभिड संक्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा एक जनामा कोभिड संक्रमण पुष्टि हो ।


Author

थप समाचार
x